राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक बनाउने एक जना पक्राउ

लोकपथ
975
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाएको आरोपमा झापामा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बर्मेली टोलका ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेका छन् ।

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो ।

प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको प्रहरीले बताएको छ।

पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको ब्युरो शाखाले जनाएको छ।

घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको विषयमा उक्त अश्लील टिकटक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?