विशाल बजार कम्पनी: ‘अर्डर’ ९ हजारभन्दा बढी, बिक्रीकर्ता शून्य

काठमाडौँ-  आइतबार विशाल बजार कम्पनीको सेयर किन्न चाहनेहरूको चाप बढेको छ।

मध्यान्ह १२ बजेर १३ मिनेट जाँदासम्म ९ हजार ९ सय ४१ कित्ता सेयर माग गरिएको छ भने शेयर बिक्री गर्न चाहनेको संख्या शून्य छ। कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर अन्तिम मूल्य रू. ६ हजार ७१४ दशमलव ४० पुगेको छ।

यता ङादी ग्रुप पावरको सेयरमूल्य पनि १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको प्रतिकित्ता रू. ६९ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू. ७६३ दशमलव ५० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?