महन्थ ठाकुरको निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको निवेदनमाथि आज सुनुवाइ तोकिएको छ।

ठाकुरले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको हो।

ठाकुरले आयोगको आधिकारिकता दिने प्रक्रिया तत्काल रोक्न आदेशमा माग गरेका छन्। आयोगको इजलासले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित आउन आग्रह भनेको छ । आयोगले केन्द्रीय सदस्यलाई बोलाएपछि अध्यक्ष ठाकुर ८ साउनमा सर्वोच्च पुगेका हुन्।

अहिलेसम्म कार्यकारिणी समितिका ३२ जना उपेन्द्र यादवको पक्षमा र १९ जना ठाकुरको पक्षमा खुलेका छन्। ठाकुर पक्षका राजकिशोर यादवले आफू कुनै पक्षमा नलागेको प्रष्ट पारेका छन् भने ठाकुर पक्षका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा छन्।

अध्यक्षद्वय ठाकुर र यादवले आफ्नो पक्षमा बहुमत सदस्य रहेको भन्दै आधिकारिकताका लागि आयोगमा निवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?