विश्वप्रकाश शर्माद्वारा निर्मला पन्तलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रवक्ता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका हुन्। प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको भन्दै प्रवक्ता शर्माले लेखेका छन्,’ बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय @PM_nepal र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको आज तीन वर्ष पुगेको छ। २०७५ साल साउन १० गते गृहकार्य गर्न साथीकोमा गएकी पन्तको भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो।

उनको हत्यारा अझै पत्ता लाग्न सकेको छैन।  प्रहरीले अनुसन्धान जारी रहेको बताउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?