भौतिक उपस्थितिमै स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन

लोकपथ
286
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ । बिहान ७ बजेबाट सुरु भएको स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन भएको हो ।

त्रिभुवन विश्वविद्यालयले आज बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको छ । साथै सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा पनि हुने बताएको छ ।

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका पछि भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । यसअघि त्रिभुवन विश्वविद्यालयले निर्धारित गरेको परीक्षा कोरोनाका कारण स्थगित भएका थिए ।

आज सुरु भएको परीक्षाको परीक्षा फारम त्रिविले अनलाइन प्रणालीबाट भराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?