६ आश्विन २०७८, बुधबार

दुर्घटनामा परी ६ जना घाइते

२०७८,श्रावण,१०,आईतवार १०:४७


नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएको छुट्टछुट्टै दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा शनिवार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

शनिवार राति मध्यविन्दु–१५ मा पर्ने अरुणखोला र चोरमाराबीचको जङ्गलमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२४च६३८१ नंको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा१ख ७६९ नंको ट्रक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी ट्रक चालक सल्यानको शारदा नगरपालिका–५ का २६ वर्षीय घनश्याम बुढाथोकी, बोलेरो चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ का २८ वर्षीय मनिष तिमिल्सिना र बोलेरोमा सवार २३ वर्षीय रन्जित माझी घाइते भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

त्यसैगरी शनिवार राति नै कावासोती–१ रिठ्ठेपानीको भित्री सडकखण्डमा रिठ्ठेपानीबाट कावासोतीतर्फ आउँदै गरेको लु३त ६२१५ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार तीन जना घाइते भएका छन् । दुर्घटनामा परी मध्यविन्दु–६ का २४ वर्षीया सुनिता बोटे, ४५ वर्षीय लालमणि महतो र २५ वर्षीया लक्ष्मी कुमाल घाइते भएका छन् । घाइते सबैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार १०:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११