काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज महामन्त्री शशांक कोइराला निवासमा मध्यान्ह १२ बजे बैठक बोलाएको छ।
१४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल केन्द्रित हुने बताइएको छ। कांग्रेसको साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि यस विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया