पाँच महिने बालिकाको हत्या

लोकपथ
273
Shares

काठमाडौं – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पाँचमहिने बालिकाको हत्या भएको छ। मादकपदार्थ सेवन गरेर झगडा गर्दा जिल्लाको देवचुली–६ मिर्तुङमा मादकपदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँचमहिने बालिकाको ज्यान गएको हो ।
देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँचमहिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।

गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?