एन्डी मुर्रे ओलम्पिकबाट बाहिर

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत ग्रेट ब्रिटेनका सुपरस्टार टेनिस खेलाडी एन्डी मुर्रे चोटका कारण बाहिरिएका छन्।

साविक विजेता मुर्रेलाई उनको मेडिकल टोलीले चोटका कारण नाम फिर्ता लिन आग्रह गरेका हुन्। क्यानडाका फेलिक्स अगर अलियासिमेसँग प्रतिस्पर्धा गर्नु अघि मुर्रेको नाम प्रतियोगिताबाट हटाइएको हो। आज खेलिने खेलमा दुई पटक ओलम्पिक विजेता मुर्रेको स्थानमा अस्ट्रेलियाका म्याक्स पुर्सेलले प्रतिस्पर्धा गर्नेछन्।

मुर्रेले पुरुष डबलतर्फको प्रतियोगितामा भने प्रतिस्पर्धा गर्नेछन्। पुरुष डबलतर्फ मुर्रेले जो सालिसबरीसँग मिलेर स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?