बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, घाइतेको उपचार हुँदै

लोकपथ
468
Shares

काठमाडौं – बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा सिन्धुपाल्चोकमा एकजनाको मृत्यु भएको छ । घाइतेको उपचार हुँदैछ ।

सुकुटेबाट बन्देउतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२- ०१८ प ४८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ का २४ वर्षीय मोटरसाइकल चालक एल केश मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार साँझ साढे सात बजे उनको मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा पछाडि सवार व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटे बजारमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा सो दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?