४ आश्विन २०७८, सोमवार

अफगानिस्तानका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु, घानीले राष्ट्रपति छोड्नुपर्ने तालिबानको माग

२०७८,श्रावण,१०,आईतवार ०९:२४


काठमाडौं – अफगानिस्तानमा पछिल्लो समय तनाव उग्र बनेको छ । तालिवान आक्रमण नियन्त्रणका लागि ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।

मे महिनाको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरी केही प्रान्तका सदरमुकामलाई घेरा हालेको कारण काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको हो ।  अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको फिर्ता भएपछि तालिबानको हिंसात्मक गतिविधी बढेको छ । अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई बढाएको छ ।

विश्लेषकहरूले अब अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने खतरा औंल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानका प्रवक्ताले अफगानिस्तानमा शान्ति सुरक्षा चाहने हो भने राष्ट्रपति घानीले तत्काल पद छोड्नुपर्ने बताएका छन्।

समाचार संस्था एसोसिएट प्रेसलाई दिएको अन्तर्वार्तामा तालिबान प्रवक्ता सुहैल शाहिनले काबुलमा नयाँ सरकार नबनेसम्म अफगानिस्तानमा शान्ति स्थापना नहुने बताएको खबरमा उल्लेख छन् ।

 

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार ०९:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले

काबुल । अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण

काठमाडौं । बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार

ताजा समाचार