महिला ४*१०० रिले पौडीमा अस्ट्रेलियाको नयाँ विश्व कीर्तिमान

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ अस्ट्रेलियाले ४*१०० फ्रि-रिले फाइनलमा नयाँ विश्व कीर्तिमान रच्दै स्वर्ण पदक जितेको छ।

खेलमा ग्रेट ब्रिटेनकी एना होपकिनले बलियो शुरुवात गरेकी थिइन्। तर पहिलो १०० मीटर पुग्दा स्वीडेनकी सेराह स्जोष्ट्रोमले नयाँ ओलम्पिक कीर्तिमान रचिन्। उनले ५२.६२ सेकेन्डमा १०० मीटर पूरा गर्दै नयाँ ओलम्पिक कीर्तिमान रचेकी थिइन्।

तर अस्ट्रेलियाको अग्रता २०० मा आयो। त्यस पश्चात् अस्ट्रेलियालाई टक्कर दिने कुनै टोली देखिएन। अस्ट्रेलियाले नयाँ विश्व कीर्तिमानी समयमा रिले पुरा गर्न सफल भएको हो। अस्ट्रेलियाले सो रिले ३ मिनेट २९.६९ सेकेन्डमा पूरा गर्दै नयाँ विश्व किर्तिमान रच्यो।

स्वर्ण पदक जित्ने क्रममा अस्ट्रेलियाले सन् २०१८ कमनवेल्थ खेल तथा सन् २०१६ रियो ओलम्पिकको आफ्नै रेकर्ड तोड्दै नयाँ विश्व किर्तिमान रचेको हो। खेलमा क्यानडाले रजत र संयुक्त राज्य अमेरिकाले काश्य पदक जित्न सफल भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?