पौडीले दिलायो अमेरिकालाई पहिलो स्वर्ण, रजत पनि अमेरिकाकै

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष ४०० मीटर मेडलेमा संयुक्त राज्य अमेरिकाले स्वर्ण पदक जितेको छ।

अमेरिकाका चेज कालिजले ४ मिनेट ९.४२ सेकेन्डमा मेडले पूरा गर्दै टोकियो ओलम्पिकमा आफ्नो राष्ट्रको पहिलो स्वर्ण पदक जितेका छन्। फ्रान्सका लियोन मेर्चन्डले खेलमा बलियो शुरुवात गरेपनि ब्याक्स्ट्रोकमा कालिजले पुनरागमन गरेका थिए।

त्यस्तै कालिजलाई पछ्याउँदै गरेका अमेरिकाकै जे लिदरल्यान्डले रजत पदक जितेका छन् भने अस्ट्रेलियाका ब्रेन्डन स्मिथ काश्य पदक जित्न सफल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?