जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं – इलामको फाकफोकथुममा जंगली च्याउ खाँदा बाबुछोराको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाएर बिरामी परेका फाकफोकथुम गाउँपालिका- १ लुम्सुङवाङका ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो।

साउन ३ गते घर नजिकैको जंगलबाट खोजी ल्याएको च्याउ तरकारीका रुपमा खाएपछि उनीहरु बिरामी परेका थिए।

बिरामी परेपछि दुईतीन दिन घरमै झारफुक गरेर राखेका कारण नोबेल अस्पताल उपचारका क्रममा लगेपनि उनीहरुको ज्यान बचाउन नसकिएको वडाध्यक्ष टेकबिर लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?