टोकियो ओलम्पिक: महिला फुटबलमा अमेरिकाको पुनरागमन, ब्राजिल र नेदरल्यान्ड्सको रोमाञ्चक बराबरी

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलको दोस्रो चरणका खेलहरु समापन भएका छन्।

शनिवार खेलिएका खेलहरूमा आयोजक राष्ट्र जापान ग्रेट ब्रिटेनसँग पराजित भएको छ। त्यस्तै पहिलो खेलमा हार बेहोरेको संयुक्त राज्य अमेरिकाले न्युजिल्यान्डको पोस्टमा आधादर्जन गोल प्रहार गरेको छ।

उता अस्ट्रेलिया माथि स्वीडेनले जित निकालेको छ भने क्यानडाले चिले माथि जित दर्ता गर्दै प्रतियोगितामा पहिलो ३ अंक हासिल गरेको छ। त्यस्तै समूह ‘एफ’ अन्तर्गत दुवै खेल बराबरीमा अन्त्य हुँदा कुल १४ गोल भएका छन्।

दोस्रो चरणका खेलको नतिजा

समूह ई

चिले १-२ क्यानाडा

स्थान: सपोरो डोम
जेनी बेकी, (३९, ४७ मिनेट)
करेन अराया, (५७ मिनेट पेनाल्टी)

जापान ०-१ ग्रेट ब्रिटेन

स्थान: सपोरो डोम
एलेन ह्वाइट, (७४ मिनेट)

 

समूह एफ

चीन ४-४ जाम्बिया

स्थान: मियागी स्टेडियम
शुआङ वाङ (७, २२, २३ मिनेट, ८३ मिनेट पेनाल्टी)
रेचल कुन्डानान्जी (१५ मिनेट)
बान्दा, (४२, ४६, ६९ मिनेट)

नेदरल्यान्ड्स ३-३ ब्राजिल

स्थान: मियागी स्टेडियम
मियेडेमा (३, ५९मिनेट)
डेबिन्हा (१७ मिनेट)
मार्टा (६४ मिनेट, पेनाल्टी)
लुडमिला डा सिल्भा (६८ मिनेट)
डोमिनिक ब्लडवर्थ (७९ मिनेट)

 

समूह जी

स्वीडेन ४-२ अस्ट्रेलिया

स्थान: साइटामा स्टेडियम
फ्रिडोलिना रोल्फो (२०, ६३ मिनेट)
सामन्था केर (३६, ३८ मिनेट)
लिना हरटिग (५२ मिनेट)
ब्लाकस्टेनस (८२ मिनेट)

न्युजिल्यान्ड १-६ संयुक्त राज्य अमेरिका

स्थान: साइटामा स्टेडियम
रोज लेभेल (९ मिनेट)
लिन्डसे होरान (४५ मिनेट)
एबी अर्सेग, आत्मघाती गोल (६३ मिनेट)
बेट्सी हसेट (७२ मिनेट)
क्रिस्टियन प्रेस (८० मिनेट)
एलेक्स मोर्गन (८७ मिनेट)
केथ्रिन बोट, आत्मघाती गोल (९० मिनेट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?