कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’

लोकपथ
1.1k
Shares

काठमाडौं – अबबाट काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हो । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।

कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गरिनेछ ।

खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिई आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउनसक्ने उनको भनाइ छ। खोपका लागि अनलाइन दर्ता कसरी गर्ने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?