४ आश्विन २०७८, सोमवार

सत्ता गठबन्धनले बनाए यस्तो खाका

२०७८,श्रावण,१०,आईतवार ०७:४४


काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलका दुईवटा बैठकले नयाँ सरकारले जनहितमा गर्न सक्ने कामको खाका तयार गरेको हो।

सरकार सञ्चालन, मन्त्रालय भागबन्डासहितका न्यूनतम कार्यक्रमका विषयमा प्रारम्भिक खाका तयार गरेको कार्यदलले केही दिनभित्र त्यसलाई पूर्णता दिने तयारी गरेको छ। सरकारको साझा कार्यक्रमसहित मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा पाँच दलीय गठबन्धनका नेताहरू सक्रिय छन्। सोही क्रममा शनिबार साँझ पाँच दलीय कार्यदलले शीर्ष नेताहरूलाई सरकारको साझा कार्यक्रम निर्माणसहितका विषयमा अहिलेसम्म गरेका कामको जानकारी गराएका छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी बैठकमा कार्यदलका संयोजक खड्काले कार्यदलले गरेको कामको ब्रिफिङ गरेका हुन्।

कार्यदलले तयार गरेको प्रस्तावमा शीर्ष नेताहरूले केही विषय संशोधन र थप गर्न कार्यदललाई सुझाएका छन्।

कार्यदलका दुईवटा बैठकले गरेको कामका विषयमा शीर्ष नेताहरूलाई ब्रिफिङ गर्ने काम भएको जानकारी दिँदै संयोजक खड्काले भने, ‘शीर्ष नेताहरूले जनहितमा सरकारले काम गर्नुपर्ने र त्यसका लागि प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ।’

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि गठबन्धनको बैठकमा सहभागी हुन छाडेका एमाले नेता माधवकुमार नेपाल पनि सहभागी भए। नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार ०७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालले अर्थमन्त्रीद्वारा संसदमा पेस गरिएको आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्ताव फिर्ता लिन माग गरेको छ

धनगढी । नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन दोस्रो पटक अनिश्चित बनेको छ । जिल्लामा क्रियाशील सदस्यको विवरण नआउँदा असोज ५

वासुदेव पौडेल/गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यावधिमा प्राकृतिक विपद्को उद्धार तथा राहतदेखि कोरोना

काठमाडौं । सर्वोच्च अदालतले नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९