प्रचण्डमाथि खनिए भीम रावल, एमाले एकताका पक्षमा उभिएको स्पष्टोक्ति

लोकपथ
923
Shares

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन् । सामाजिक सञ्चालनमार्फत् आफू ढलेको नभएर एमाले एकताका पक्षमा उभिएको रावलले स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभएझैं ढलेको होइन।’

रावलले साउन ३ गते राजीनामा दिएका थिए। यसैलाई प्रचण्डले पाँच दलीय गठबन्धन फुटाउने चाल भनेका थिए । कार्यकर्ताबाट दवाव आएको जनाउँदै उनले साउन ८ गते फिर्ता लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?