तपाईँको यो हप्ता शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् साप्ताहिक राशिफल

लोकपथ
0
Shares

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अबिश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेम प्रशङमा मनमुटाब हुने योग रहेकोछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापार व्यावसायमा आम्दानि कम हुनाले लगानि गरिहाल्ने सहय रहेको छैन । मंगलवार दिउसोबाट बिहिवार साँझसम्मको समय राम्रो रहेकोले आट शाहस तथा पराक्रममा बृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुका लागि समय फलदायि रहेकोछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्मबिश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय बाताबरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ । मंगलवार दिउँसोबाट बिहिवार साँझसम्मको समय मध्यम रहेकोले घरायसि कुरामा आफन्त तथा कुटुम्ब सँग बिवाद हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मंगलवार बिहानसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । मंगलवार दिउँसोबाट समय राम्रो रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरि मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानि बढाउँन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबित बिश्वास बढ्नेछ । होटल,रेष्टुरेन्ट तथा बोलेर गर्ने पेशा व्यावसाय फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । मंगलवार दिउँसोबाट बिहिवार साँझसम्मको समय मध्यम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । बिहीवार बेलुकीबाट समय मध्ययम रहेकोले लगानि गर्दा ध्यान दिनुहोला प्रतिफल पाउँन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ भने बिदेशी लगानिबाट सञ्चालित सस्थाबाट भने मनग्गे मुनाँफा कमाउँन सकिनेछ । बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मंगलवार बिहानसम्मको समय मध्ययम रहेकोले समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन । मंगलवार दिउँसोबाट समय राम्रो रहेकोले तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) कार्यक्षेत्रमा राम्रो काम गर्न नकस्दा मान सम्मानमा कमिको महशुष हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहनोले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । भौतिक साधन स्रोतको परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । धार्मिक तथा शैक्षिक यात्रा भएपनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । सरकारि तथा प्रशासनि काममा ढिलाशुस्तिको चपेटामा परिनाले उपलब्धि गुम्न सक्छ । बिहीवार साँझबाट समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । मंगलवार दिउँसोबाट बिहीवार साँझसम्मको समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक सम्पति तथा ब्राण्डेड बस्तुको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनेछ । न्यायलबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिहीवार साँझबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ । अध्ययनमा नतिजा हात पार्नको लागि बढिनै समय खर्चनु पर्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मंगलवार बिहानसम्मको समय मध्ययम रहेकोले समय र कामको तालमेल नमिल्दा योजनाहरु थाति रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । मंगलवार दिउँसोबाट समय राम्रो रहेकोले प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउँदै व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखि रिसाउँनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । अध्ययन अध्यापनमा भनेजस्तो नतिजा नआउन सक्छ । बिहीवार साँझबाट समय राम्रो रहेकोले पढाई लेखाईमा सहपाठिहरुलाई किनारा लगाउँदै एक कदम अगाडि बढ्न सकिनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्निबिच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ । मंगलवार दिउँसोबाट समय मध्यम रहेकोले बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?