हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियो सहित)

लोकपथ
104
Shares

१. पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ९१० कोरोना परीक्षणमा ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि, २ हजार १९७ जना सङ्क्रमणमुक्त, १६ जनाको मृत्यु ।

२. कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकियो, अब पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न सकिने ।

३. वैदेशिक रोजगारीका लागि मलेसिया गएका २४ जना नेपाली कामदारको शवसहित तीनवटा अस्तु एकैदिन नेपाल आयो, जीवनकै सबैभन्दा दुखद क्षण भन्दै क्याप्टेन विजय लामाले लेखे भावुक स्टाटस ।

४. एमसीसीमा भिडाएर सत्ता गठबन्धन भत्काउन प्रयास भईरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको आरोप, एमाले अध्यक्ष ओली इतिहासमै नराम्ररी पछारिएको टिप्पणी ।

५. माधव नेपाल प्रवृति बिरुद्ध उत्रिन र पार्टी फुटाउने गरी अध्यादेश ल्याए आगो बाल्ने भन्दै नेकपा एमालेका नेता महेश बस्नेत आक्रोशित, एमाले, कांग्रेस जसपा विना चुनाव जितेर देखाउन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चुनौति ।

६. जसपाका अध्यक्ष ठाकुर र नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ बीच भेटवार्ता, प्रकाण्डसमेत सहभागी भेटमा महत्वपूर्ण राजनीतिक विषयमा कुराकानी ।

७. युथ फोर्स र अखिल फोर्सलाई तत्काल खारेज गर्न नेकपा९एमाले० का नेता योगेश भट्टराईको माग, पार्टी र सामाजिक कामको नेतृत्व युवा संघ र अनेरास्ववियूले गर्न सक्ने भनाई ।

८. साउन १२ गतेका लागि तोकिएको कांग्रेसको वडा अधिवेशन स्थगित, भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका विषयमा कांग्रेसको मौनता ।

९. निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा, भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी ।

१०.वागमती सफाइ महाअभियानको ४२८ औँ हप्ता नदी किनारमा सफाइसँगै वृक्षरोपण, जथाभावी फोहोर नफाल्न सबैसँग अनुरोध ।

११. भक्तपुरको सूर्यविनायक जङ्गलमा मानवकङ्काल फेला, हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाईयो, अनुसन्धान हुँदै ।

१२. निरन्तरको वर्षाका कारण भारतका विभिन्न राज्यमा मनाविय क्षति, १३६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै गाउँ विस्थापित ।

१३. ब्राजिलमा बढ्दै कोरोना संक्रमितको दर, एकै दिन थपिए एक लाख बढी संक्रमित, तेस्रो लहरको चेतावनी दिँदै विज्ञ भन्छन्, तपाई स्वयम् पनि यसको जिम्मेवार हुनुहुन्छ ।

१४. चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध बाईडेनको प्रतिक्रिया चीनको यस फैसलालाई ‘निरर्थक’ र ‘निराशावादी’ करार ।

१५. नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेल पत्रकार माथि दुर्व्यवहार गरेको आरोप, घटनाको छानबिन गर्न नेपाल खेलकुद पत्रकार मञ्चको माग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?