नागरिक समूहको अध्यक्षमा जयराम सिग्देल निर्वाचित

लोकपथ
234
Shares

काठमाडौं । नागरिक समूहको अध्यक्षमा जयराम सिग्देल निर्वाचित भएका छन् ।

सुशासन, राष्ट्रिय सम्वृद्धि र भ्रष्टाचारमुक्त समाज निर्माणको लागि शान्तिपूर्ण तरिकाबाट सरकार र राजनैतिक दलहरुलाई खबरदारी तथा दवाब दिने उद्देश्यसहित २०७० सालमा स्थापित नागरिक समुहको नवौं साधारण सभाबाट सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन् ।

स्थापना कालदेखि नै नागरिक समुह देशको विकासमा योगदान दिने राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान गर्ने, राम्रा र विकासका पक्षमा भएका कामहरुको वकालत गर्ने र गलत प्रवृत्तिका विरुद्ध खरो खबरदारी गर्ने कामहरुमा क्रियाशिल छ ।
नवनिर्वाचित अध्यक्ष सिग्देलले नागरिक समूहले आम नागरिकको आवाजको प्रतिनिधित्व गर्दै सरकार तथा राजनैतिक नेतृत्वलाई खबरदारी गर्दै आएको तथा आगामी दिनमा पनि सरकारका राम्रा कामलाई साथ दिँदै उद्योग, कलकारखाना, कृषि, पर्यटन, जलस्रोत, जडिबुटीका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग समन्वय गरि दिगो आर्थिक विकासका पक्षमा पनि आवाज उठाउने बताए ।

नवौं साधारण सभाले सिग्देलको अध्यक्षतामा १७ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बाबुराम आचार्य, महासचिव कृष्ण प्रसाद पौड्याल, सचिव रविन कटवाल, कोषाध्यक्ष मधुसुधन पाठक निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यहरुमा बलराम श्रेष्ठ, पुरुषोत्तम हुमागाईं, सुशिल सिग्देल, नेत्र विष्ट, दीपक शिवभक्ती, अर्जुन घिमिरे, अर्जुन भूषाल, अनिता पन्त, छत्र बहादुर बस्नेत, राजन नेपाल, प्रकाश दर्जी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?