५ आश्विन २०७८, मंगलवार

राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि देशव्यापी आन्दोलन गर्ने

२०७८,श्रावण,९,शनिवार २०:२३


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि देशव्यापाी आन्दोलन गर्ने बताएका छन् ।

शनिवार राप्रपा काठमाडौं क्षेत्र नं५(ख)को कार्यकर्ता भेला सम्पन्न भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिदैँ थापाले आगामी कार्तिक २७ देखि हुने महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना ,भ्रष्टाचार, धर्मपरिवर्तन आदिको विषयमा देशव्यापी आन्दोलन गर्ने बताएका हुन् । उनले भनेका छन्, ‘आगामी कार्तिक २७ देखि हुने महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपको विरोधमा राप्रपाले देशव्यापी आन्दोलन गर्नेछ ।’

उनले जनताले अहिले हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता महसुस गरेको पनि बताए । राप्रपा र यसको नेतृत्वलाई कमजोर बनाउनु हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा सँधैको लागि समाप्त पार्नु रहेको भन्दै उनले यसबारे सचेत हुन आग्रह पनि गरे ।

प्रकाशित मिति: २०७८,श्रावण,९,शनिवार २०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । मंगलबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रिय सभाको

काठमाडौं । नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ भइरहेको छ। मंगलबार (आज) न्यायाधीशद्वय

काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश

ताजा समाचार

अक्सिजन प्लान्ट अभियानमा एक करोड सङ्कलन
 २०७८,आश्विन,५,मंगलवार १४:०८