बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

लोकपथ
182
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भएका छन् ।

पछिल्ला केही बैठकहरुमा अनुपस्थित रहेका एमाले वरिष्ठ नेता नेपाल आज भने गठबन्धनको बैठकमा देखिएका छन् ।
गठबन्धनलाई कसरी अगाडी बढाउने लगायत मन्त्री परिषद् विस्तारको सम्बन्धमा गठबन्धनमा छलफल हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?