गाई काटेको आरोपमा ६ जना पक्राउ

लोकपथ
117
Shares

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् ।

मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए।

प्रक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?