भारतबाट चोरी गरी ल्याइएका गाडीसहित २ जना पक्राउ

लोकपथ
793
Shares

काठमाडौं । भारतबाट ल्याएका चोरीको गाडीसहित प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुस्ताङ लोधोगार दामोदरकुण्ड गाउँपालिका–४ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३८ वर्षीय आज्ञा गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङको युम घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४३ वर्षीय सोनाम टासी योल्मो रहेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा भन्सार छलीका सवारीसाधन चोरीनिकासी गरी बिक्री भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको थियो । परिचालित टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।

बरामद गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेट नै भेटिएको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?