झापा । झापामा श्रोत नखुलेको ४० लाख बढी रकमसहित एकजना पक्राउ परेको छन्।
पक्राउ पर्नेमा झापा गाउँपालिका–२ बेलाइतीबारी बस्ने ४६ वर्षीय गौरी मण्डल रहेका छन्।
श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित मण्डललाई शनिबार दिउँसो प्रहरीले बेलाईतीबारीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त नगद बरामद भएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया