ग्लोबल कलेज इन्टरनेशनलमा ‘क्यारियर प्लेसमेन्ट’ कार्यक्रम सुरुवात

काठमाडौँ । ग्लोबल कलेज इन्टरनेशनलले ‘क्यारियर प्लेसमेन्ट’ कार्यक्रम सुरू गरेको छ।

कार्यक्रम संचालनका लागि कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरिसकेको कार्यक्रमका निर्देशक डा. अक्षय अरोराले जानकारी दिए ।

कलेजको विशेष ‘ट्रेनिंङ् पार्टनर’ का रुपमा रहेको संस्था ‘बीआइएफआइएन’ का कार्यकारी निर्देशक डा. बिनोद आत्रेयले दुई संस्थाबीचको सम्बन्धका बारेमा प्रकाश पार्दै विद्यार्थीहरुलाई सिपमुलक तालिमहरु र रोजगारीका लागि ठूलो भुमिका खेल्दै आएको बताए।

कलेजले विद्यार्थीको इन्टर्नशिप तथा व्यक्तित्व विकास सम्बन्धी तालिमहरुलाई निरन्तरता दिन र समय सापेक्ष तथा प्रभावकारी रुपमा संचालन गर्न ‘सेन्टर फर प्रोफेशनल डेभलोप्मेन्ट’को स्थापनाको घोषणा पनि गरेको छ। कार्यक्रममा धारणा राख्दै प्रिन्सिपल डा. करन सिंह ठगुन्नाले ग्लोबल कलेज इन्टरनेशनलले गुणस्तरिय शिक्षाका लागि सुरुवातदेखि नै शिक्षासँगै रोजगारीको पनि सुनिश्चिता गर्दै आएको बताए।

कार्यक्रममा सहभागी पुर्व विद्यार्थीहरुले यस कलेजमा अध्यनरत हुँदा आफूले पाएको ज्ञान र सिपले आफ्नो उज्जल भविष्य प्राप्त गर्न महत्वपुर्ण भुमिका खेलेको बताए।

काठमाडौँको बानेश्वरस्थित यस कलेजले हाल व्यवस्थापन संकायमा एमबीए, बीबीए, बीएचएम, बीटिटिएम र एलेभल कार्यक्रमहरू संचालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?