ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोज्ने एक जना पक्राउ

लोकपथ
273
Shares

भक्तपुर । भक्तपुरमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका–९ च्यामासिंहमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको अभियोगमा सोही ठाउँ बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजेपश्चात उनलाई रडसहित प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?