काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच शनिबार भेटवार्ता भएको छ ।
पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।
पछिल्लो विकसित घटनाक्रमको विषय र आफूले ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको दबाबका लागि भेटवार्ता गरिरहेका विप्लवले राजनीतिक स्थिरताका विषयमा नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।
यसअघि उनले माओवादी नेताहरूलाई भेटेर एउटै मोर्चा बनाउन प्रस्ताव गरेका छन् भने नेपालमा सबै कम्युनिस्ट एक भएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया