११ आश्विन २०७८, सोमवार

शिल्पाले प्रहरीलाई दिइन् यस्तो बयान, के जोगिएलान् राज कुन्द्रा ?

२०७८,श्रावण,९,शनिवार १५:३३


काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई प्रहरीले बोलाएर बयान लिएको छ । बयान दिने क्रममा शिल्पाले श्रीमान राज कुन्द्रा निर्दोष रहेको बताएकी छन्।

अश्लिल फिल्म बनाएर ‘हटसट एप’ बाट प्रदर्शन गरेको आरोपमा पक्राउ परेका कुन्द्रालाई एपको बारेमा थाहै नभएको दाबी शिल्पाले गरेकी छन्।

उनले आफ्नो श्रीमानको कम्पनीले वेभ सिरिज र शर्ट फिल्म बनाउँछ भन्ने बारेमा आफूलाई थाहा नभएको भन्दै कुन्द्राले गत वर्ष नै ‘वियान’ कम्पनी छोडेको समेत बताइन्।

शिल्पाले प्रहरीको अनुसन्धानका क्रममा कुन्द्रा निर्दोष रहेको बताउँदै ‘बिजनेस पार्टनर’ प्रदीप बक्षीले आफ्नो श्रीमानको नाम दुरुपयोग गरेको समेत बताइन्। उनले आफूहरुलाई फसाउने प्रयास भएको समेत बताएकी छिन्।

मुम्बई प्रहरीको प्रपर्टी सेलको टिमले कुन्द्राबारे शिल्पासँग करिब ६ घण्‍टा सवालजवाफ गरेको थियो।

 

प्रकाशित मिति: २०७८,श्रावण,९,शनिवार १५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दुई वर्षयता चलचित्र क्षेत्र कोल्याप्स जस्तै छ । फिल्म क्षेत्रको नियामक निकाय चलचित्र विकास बोर्ड काम गरिहेको छ तर परिणाम

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५