काठमाडौं । नेकपा (एमाले) सांसद महेश बस्नेतको नेतृत्वमा युथफोर्सले काठमाडौंमा र्याली निकालेको छ।
माइतीघर मण्डलबाट सुरू भएको र्याली बानेश्वरहुँदै बबरमहल पुग्ने कार्यक्रम रहेको छ।
यसअघि सांसद बस्नेतकै नेतृत्वमा भक्तपुरबाट मोटरसाइकल र्याली निकालिएको थियो। र्यालीमा सयौं युवा सहभागी छन्।
त्यस्तै आज युथफोर्सले काठमाडौं उपत्यका कमान्डसमेत घोषणा गर्दैछ। बबरमहलको कार्की ब्यांक्वेटमा आयोजना हुने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री एवंं एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्ने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया