अमेरिकी डलरसहित दुई जना भारतीय पक्राउ

लोकपथ
130
Shares

काठमाडौं । विराटनगरबाट अमेरिकी डलर र भारतीय नोटसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षीय सन्दीप सिंह रोय रहेका छन्।

विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरूको साथबाट २ लाख ८ हजार ५०० रुपैया भारतीय मुद्रा र २ हजार १ सय १४ अमेरिकी डलर बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?