शिल्पाले दिइन् राज कुन्द्राको कम्पनीको निर्देशकबाट राजिनामा, प्रहरीले थाल्यो शिल्पामाथि नै अनुसन्धान

लोकपथ
1.5k
Shares

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीले आफ्नो श्रीमान् राज कुन्द्राको कम्पनी ‘भिआन इन्डस्ट्रिज’को निर्देशक पदबाट राजिनामा दिएकी छिन् ।

शिल्पाले ‘भिआन इन्डस्ट्रिज’को निर्देशकबाट राजीनामा दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

राज कुन्द्राविरुद्ध पोर्न फिल्म बनाएको र एक एपमार्फत उक्त पोर्न अपलोड गरेको आरोप लागेको छ । हाल राज कुन्द्रा प्रहरी हिरासतमा छन् ।

शिल्पाले कम्पनीबाट राजीनामा दिएपछि शिल्पामाथि अनुसन्धान भइरहेको भारतीय मिडियाले जनाएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?