अमेरिकी वाणिज्य मन्त्रीमाथि चीनको प्रतिबन्ध

लोकपथ
91
Shares

चीन । चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरूप चीनले यो फैसला लिएको हो ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यस्तो घोषणा गरेको हो । बाइडेन प्रशासनले चीनको यस फैसलालाई ‘निरर्थक’ र ‘निराशावादी’ करार गरेको छ ।

अमेरिकीले हङकङमा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध त्यस क्षेत्रमा भएको कारबाहीमा उनीहरूको कथित भूमिकालाई लिएर लगाएको थियो । अमेरिकाले हङकङमा कारोबार गर्ने आफ्नो नागरिकलाई मौजुदा खतराबारे चेतावनी पनि दिएको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?