पत्रकार माथि प्रशिक्षक अल्मुताइरीको दुर्व्यवहार

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलकुद पत्रकार माथि दुर्व्यवहार गरेको आरोप लागेको छ।

मिति २०७८ श्रावण ७ गते बिहीवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मा आयोजना भएको राष्ट्रिय टोलीबीचको आन्तरिक मैत्रीपूर्ण खेलमा सो घटना घटेको हो। प्रशिक्षक अल्मुताइरीले नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा मेरोखेल डट कमका सम्पादक विभु श्रेष्ठ र खेल पत्रकार विभा थापा माथि दुर्व्यवहार गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओलीले प्रेस विज्ञप्ति जारी गरेका छन्।

एन्फा मुख्यालय सातदोबाटोमा राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान सार्वजनिक स्थानमा गरिएको धूम्रपानको विषयमा सोधिएको प्रश्नमा पत्रकारद्धय विभु श्रेष्ठ र विभा थापा माथि प्रशिक्षक अल्मुताइरीले अपशब्द प्रयोग गरी गाली गलौज गरेको आरोप लागेको छ। यस विषयमा नेपाल खेलकुद पत्रकार मञ्चले घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?