प्रचण्डले दिए माधव नेपाललाई धन्यवाद

लोकपथ
247
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई धन्यवाद दिएका छन् ।

शनिवार पार्टी कार्यालय पेरिस डाँडामा भएको नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीलाई महाराजाधिराज भनेकोमा नेता नेपाललाई धन्यवाद दिएका हुन् ।

प्रचण्डले ओली प्रतिगमनको नाइके भएको र आफूलाई राजा महाराजा ठान्ने अवस्थामा पुगेको बताए । ओलीले माधव नेपालसहितलाई आम माफी घोषणा गरेकोमा नेता नेपालले निकै राम्रोसँग व्यङ्ग्य गरेको भन्दै धन्यवाद दिए ।

गत साउन ३ गते प्रतिनिधि सभामा शेरबहादुर देउवालाई नेता नेपालसँगै एमालेका २२ सांसदले विश्वासको मत दिएपछि ओली पक्षले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नदिँदै ओलीले आममाफीको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?