ओली इतिहासमै नराम्ररी पछारिए : प्रचण्ड

लोकपथ
65
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष पोखेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रमलाई पेरिसडाँडामा सम्बोधनका क्रममा उनले ओली इतिहासमै नराम्ररी पछारिएको भन्दै कटाक्ष पोखेका हुन्।

‘हामीले ठूलो लडाइँ जित्यौँ। संविधान र राष्ट्रियता खतराको डिलमा परेको थियो। हाम्रो मोर्चाबन्दी र संघर्षपछि केपी ओली इतिहासमा नराम्ररी पछारिए’, उनले भने, ‘पछारिएपछि केपी ओली अहिले विक्षिप्त भएका छन्। घरी बार्दलीबाट बर्बराउँदैछन्, घरी कहाँबाट बर्बराइरहेका छन्। यो बर्बराहट पनि लामो समय रहँदैन।’

उनले एमालेका नेता कार्यकर्तालाई आफ्नो हनुमान बनाएको पनि दाहालले आरोप लगाएका छन्। ‘जसलाई ओलीले हनुमान ठान्छन्, ती हनुमानले पनि धेरै बोक्दैनन्। उनीहरु कलियुगका हनुमान हुन्’,उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?