इन्डियन आइडल : अरुणिताले खुवाइन् पवनदीपलाई स्टेजमै खिर, फेक रोमान्स भन्दै बन्न थाल्यो ट्रोल

लोकपथ
5.1k
Shares

काठमाडौं । अहिले इन्डियन आइडल सिजन १२ चलिरहेको छ । सामाजिक सञ्जालमा इन्डियन आइडलको सधै चर्चा हुने गरेको छ । तर पवनदीप राजन र अरुणिता कान्जीलालसँगको फेक रोमान्सका कारण आलोचित भइरहेको छ ।

सामाजिक सञ्जालमा फ्यान्सहरुले ट्रोलको साथसाथै फेक इन्डियन आइडल भन्दै कमेन्ट गर्न थालेका छन् ।

भएको के हे ?

इन्डियन आइडलको अपकमिङ एपिसोडमा पवनदीप र अरुणिताको रोमान्टिक सिन देखाइएको छ ।
पवनदीपलाई शोका होस्ट आदित्य नारायणले सोध्छन् तिमीलाई के मन पर्छ ? जवाफमा पवनले खिर भन्छन् ।

त्यसपछि सेटमा खिर आउँछ । रीना राँयले पवनलाई अरुणिताले खिर खुवाउन भन्छिन् । त्यसपछि अरुणिता स्टेजमा आउँछिन् र पवनलाई खिर खुवाउछिन् ।

त्यसपछि शोका होस्ट आदित्यले उनीहरु दुवै जनाको नामबाट एउटा नया नामले उनीहरुलाई बोलाउँछन् ।

आदित्यले उनीहरुलाई अरुदीप भनेर बोलाउँछन् । सोही क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त क्लिपमा नकारात्कम कमेन्हरु धेरै आएका देख्न सकिन्छ र धेरै मिम र ट्रोलहरु पनि बनेका छन् ।

हेर्नुहोस् भिडियो : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?