‘एमसीसीमा भिडाएर झगडा गराउन खोजिँदैछ’- प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा भिडाएर सत्ता गठबन्धन भत्काउन प्रयास भईरहेको बताएका छन् । गठबन्धनलाई आफूले बचाउन खोजेपनि कहीँ कतैबाट टुटाउने प्रयास भईरहेको बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिवार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ ।’

संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए । प्रचण्डले केपी शर्मा ओली अहिले विक्षिप्त रहेको टिप्पणी गरेका छन्।

ओली केही भक्त हनुमानको भरमा चलेको तर्क गर्दै तिनले पनि साथ छाड्ने उनको दाबी थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?