वालिङ नगरपालिकालाई ४० कन्सन्ट्रेटर सहयोग

लोकपथ
56
Shares

स्याङ्जा । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि दाताले वालिङ नगरपालिकालाई ४० वटा अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

महामारीको रूपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड – १९ संक्रमण दर उच्च रहेको वालिङमा यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सहयोग आह्वान गरेबमोजिम स्वास्थ्यसम्बन्धी सामग्री प्राप्त भएको हो ।

नगरपालिकाले गह्रौं प्राथमिक अस्पताल वालिङमा स्थापना गरेको आइसोलेसन सेन्टरमा प्रयोग गर्नका लागि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा स्वास्थ्य सामग्रीसहित नगद प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

विभिन्न संघसंस्था तथा व्यक्तिले आवश्यकता अनुसारका स्वास्थ्य सामग्री सहयोग गर्ने बताएपछि पहिलो प्राथमिकतामा अक्सिजन कन्सन्ट्रेटर माग गरिएको र सोहीअनुसार ठूलो परिमाणमा प्राप्त भएको प्रमुख खाँणले बताए ।

‘नयाँ भेरियन्टले बिरामीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका कारण अक्सिजनको अभावकै कारण बिरामीको ज्यान तलमाथि नहोस् भनेर दातालाई अरुभन्दा पनि कन्सन्ट्रेटरलाई प्राथमिकतामा राख्न अनुरोध ग¥यौं,’ प्रमुख खाँणले भने, ‘अक्सिजनको अभाव, अक्सिजन सिलिण्डरको अभाव र भर्नलाई दैनिक पोखरा जानुपर्ने समस्यालाई मध्यनजर गर्दै कन्सन्ट्रेटर माग ग¥यौं, महामारीका समयमा यो सामग्री निक्कै उपयोगी बन्यो ।’

दोस्रो भेरियन्टको संक्रमणको शुरूआतसँगै नगरपालिकामा हालसम्म दाताबाट नगद ४५ लाख ४३ हजार १४२ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?