महिलाहरुले प्रयोग गर्ने सौन्दर्य सामग्री घातक पनि हुन सक्छ

महिलाहरु सुन्दर बन्न विभिन्न प्रकारका कस्मेटिक्सका सामाग्रिहरु प्रयोग गर्छन् । यनै सुन्दर बन्न प्रयोग गरिने कस्मेटिक्स सामग्रिहरुमा विभिन्न केमिकल मिसाइएका हुन्छन् । त्यस्ता केमिकल हाम्रो छालामा रहेका स–साना प्वालबाट छिरेर रगतमा मिसिन सक्छ । महिलाको मात्र नभएर पुरुषले प्रयोग गर्ने सेभिङ क्रिम वा कपालमा लगाउने जेलमा पनि यस्ता प्रकारका केमिकल हुन्छ ।– चाया हटाउन प्रयोग गरिने स्याम्पुका लागि बनाइने क्रिममा तारको मिश्रण प्रयोग गरिएको हुन्छ । यसले छालालाई नराम्ररी असर गर्छ ।– लिपिस्टिक वा कपाललाई ड्राइ गर्ने तत्वमा सिसाको प्रयोग अधिक मात्रामा हुने गरेको पाइन्छ, जसले छाला तथा रगतलाई अत्यधिक हानि गर्छ ।– बच्चालाई लगाउने तेल, मोस्चराइजर वा महिलाहरुले कपालमा लगाउन प्रयोग गर्ने जेलमा मिनरल वा पेट्रोलको मात्रा मिसाइएको हुन्छ । जुन छालाको छिद्रामा यरी टाँसिन्छ जसले शरीरको विकारलाई बाहिर निकाल्न दिँदैन । यसको प्रयोगले छालामा डण्डिफो, बिमिराजस्ता संक्रमण देखिनुका साथै शरीरलाई पनि आलस्य बनाउँछ ।– महिलाहरुले सूर्यको हानिकारक किरणबाट बच्न प्रयोग गर्ने सनस्क्रिनमा अक्सिवेनजोन कमिकल हुन्छ । यो केमिकल शरीरको फाटेको ग्रन्थिमा जम्मा भई एलर्जी उत्पन्न गराउँनुको साथै हर्मोनमा असन्तुलन पैदा गरिदिन्छ ।– महिलाहरुले प्रयोग गर्ने केहि कस्मेटिकहरुमा मिठो सुगन्ध दिने बाहानामा प्रफ्यु नामको केमिकल मिसाइन्छ । यो सेभिङ क्रिममा पनि मिसाइएको हुन्छ । यसले एलर्जीका साथै दम बढाउन सक्छ । विज्ञहरुले भनेका छन्, यसको प्रयोगबाट क्यान्सरसमेत हुनसक्ने दाबी गरेका छन् ।– कपाल र ओठमा चमक दिने कस्मेटिक उत्पादनमा पेट्रलियम नामको केमिकल मिसाइएको पाइन्छ, जुन क्यान्सर उत्पादन गर्ने खतरनाक केमिकल हो ।– प्रया महिलाहरुले प्रयोग गर्ने आइस्याडो क्रिममा पनि टल्क नामको केमिकल मिसाइएको पाइन्छ । यो पनि क्यान्सरको कारक हुन सक्छ ।– आँखामा लगाउने केही आइड्रपमा पारो पाइन्छ । त्यसले दिमागको विकासमा बाधा पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?