काठमाडौं । राष्ट्रिय एकता अभियानले जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ ।
डा. भट्टराईले हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै उनको पुत्ला दहन गरिएको छ ।
अभियानका संयोजक विनय यादवको नेतृत्वमा भएको प्रदर्शनमा उनीविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
अभियानका संयोजक यादवले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराई हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिब्यक्ति दिँदै आएकोले उनको पुतला दहन गरिएको बताए ।
३ दिनअघि पूर्व प्रधानमन्त्री भट्राईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दुधसहितका बस्तु भगवानलाई चढाएको तस्बिरलाई ट्वीट गर्दै हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस लेखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया