युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न योगेश भट्टराईको माग

लोकपथ
1.2k
Shares

काठमाडौं । नेकपा(एमाले) का नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्सलाई तत्काल खारेज गर्न माग गरेका छन् ।

भट्टराईले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राजनीतिक, वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व युवा संघ र अनेरास्ववियूले गर्न सक्ने भन्दै युथ फोर्स र अखिल फोर्सलाई खारेज गर्न माग गरेका हुन् । उनले लेखेका छन्, ‘ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन÷ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक÷ बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेत्रित्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्श र अखिल फोर्शको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेत्रित्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ ।’

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एक अर्काका विरुद्ध बाहुबली जथ्था प्रयोग गरेको हो भनेर प्रश्न समेत गरेका छन् । उनले पार्टी भित्र अराजक गतिविधि तत्काल रोक्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?