११ आश्विन २०७८, सोमवार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल

२०७८,श्रावण,८,शुक्रवार २१:४९


कास्की । पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै बङ्गलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाई उडान प्रभावकारी हुने विमान बङ्गलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बङ्गलादेशीहरू आकर्षित हुने गरेका छन् ।

हाल ढाका–काठमाडौँ दैनिक एक उडानमात्रै हुँदै आएको छ । पाँच करोड जनसङ्ख्या रहेको बङ्गलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्र्याउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुनसक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता व्यक्त गरे । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बङ्गलादेशी नेपाल आउने गरेकामा २० हजार जति पोखरा घुम्ने बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए । नाट्टाका पूर्वअध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बङ्गलादेशीको आकर्षण पोखरामा बढ्दै गएको धारणा राखे ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव सङ्गीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल, विमान बङ्गलादेशका प्रतिनिधिलगायतले ढाका–पोखराबीचको पर्यटकीय साझेदारी सम्बन्धमा बोलेका थिए ।

प्रकाशित मिति: २०७८,श्रावण,८,शुक्रवार २१:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गलेश्वर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी र मुस्ताङ जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ

काठमाडौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु

काठमाडौं । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दशैँको

काठमाडौं । आइतवारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ। असोज ६ गते बसेको काठमाडौं महानगरपालिका

ताजा समाचार

खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४