११ आश्विन २०७८, सोमवार

भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल

२०७८,श्रावण,८,शुक्रवार २१:४३


भक्तपुर । भक्तपुरको सूर्यविनायक जङ्गलमा मानवकङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्काल फेला परेको हो ।

घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनी मानव कङ्काल फेला परेको जनाएको छ । त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छरिएर रहेको अवस्थामा कङ्काल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्रहरी घटनास्थलबाट रातो रङ्गको म्याजिक चप्पल एक जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सटसमेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए ।

प्रकाशित मिति: २०७८,श्रावण,८,शुक्रवार २१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

वि.सं.२०७८ साल असोज ११ गते । सोमवार । ईश्वी सन् २०२१ सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस

गलेश्वर । खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् । बयासी वर्षीय

विराटनगर । पछिल्लो केही समयदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घटेको छ । सबैभन्दा बढी झापामा ७०, मोरङमा

ताजा समाचार

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७