हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियो सहित)

लोकपथ
143
Shares

१. बितेको २४ घण्टामा देशभर गरिएको १७ हजार ३०८ कोरोना परीक्षणमा २ हजार ९७७ जनामा भाइरस संक्रमण पुष्टि, १६ सय ७८ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु ।

२. सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रधानमन्त्री देउवाको भनाई, जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराउने प्रतिबद्धता ।

३. मन्त्रालयमा भएको भागबण्डाका विषयमा यसअघि भएको सहमति कार्यान्वयन नभएपछि गण्डकी प्रदेशमा सत्ता गठबन्धनबीच खटपट, जसपाको भागमा एउटा मन्त्रालय परेपछि रुष्ट ।

४. संसारभरका दम्भी शासकहरु जनताका अगाडि पतन भएको नेकपा एमालेका वरिष्ठ नेता नेपालको भनाई, जंगलमा बस्ने पनि भ्रष्ट हुने गरेको उल्लेख ।

५. संसदमा भएका र सडकमा भएका कम्युनिष्ट मिलेर जान नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यको प्रस्ताव, दलहरुबीच एकता गरेर एउटै पार्टी बनाउन अनुरोध ।

६. साउन ३ गते राजीनामा दिएका एमाले नेता भीम रावलद्वारा शुक्रबार राजीनामा फिर्ता,सार्वभौम जनता,मतदाता,राजनीतिक नेता,कार्यकता अनुरोध सम्मान गर्दै राजीनामा फिर्ता लिएको उल्लेख ।

७. जोनसन एण्ड जोनसन खोप लगाएको २ घण्टापछि धादिङको धादिङ निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको मृत्यु, क्रोनिक डाइबेटिजका बिरामी बृद्धको मृत्यु कारण खोप या अरु केही खुल्न बाँकी ।

८. घर जग्गा कारोबारीलाई ब्रोकर लाइसेन्सको व्यवस्था गर्न चेम्बरको माग, मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले चाल्नुपर्ने कदमहरूको बारेमा अर्थमन्त्रीलाई सुझाव ।

९. अढाई महिनादेखि बन्द लामो दूरीका यातायात अब निर्बाध रुपमा काठमाडौं छिर्न पाउने, स्वास्थ्य मापदण्ड अपनाएर मध्यम तथा लामो दूरीको सार्वजनिक सवारी संचालन गर्न जिल्ला प्रशासनद्वारा सूचना जारी ।

१०. चितवनकी सुजिता भण्डारी मृत्युको घटनामा परिवारद्वारा प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरीपछि मृतकको ठूलो बुबाको छोरा पक्राउ, सुकदेव र सुजिताको सम्बन्ध दाजु बहिनीको मात्र नभइ शंकास्पद देखिएको प्रहरीको अनुसन्धानबाट खुल्यो ।

११. श्रीमतीको भेषमा इन्डोनेशियाको आन्तरिक यात्राका लागि विमान चढेका एक कोरोना संक्रमितको उडानकै क्रममा पहिचान, आईसोलेसन अवधि सकिएपछि उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी ।

१२. कोरोना संक्रमण बढेपछि अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा, लकडाउन हुँदाहुँदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको समाचारमा उल्लेख ।

१३. इजरायली स्पाई वेयर पेगाससमार्फत् भइरहेको जासुसीको विवाद रोकिने छाँट देखिएन, भारतीय प्रधानमन्त्री मोदीले देशविरुद्ध जासुसी हतियार प्रयोग गरेको कांग्रेस आईका नेता राहुल गान्धीको आरोप ।

१४. तापक्रम ५० डिग्री पुगेर गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा , युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशमा अहिले तापक्रम ४५ देखि ५० डिग्रीको आसपास ।

१५. असोज पहिलो साताबाट आयोजना हुन लागेको ए डिभिजन लिग रोक्न चार क्लबको ज्ञापनपत्र, एन्फा अध्यक्ष भन्छन् “ज्ञापनपत्रले केहि फरक पार्दैन”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?