१० आश्विन २०७८, आईतवार

१४ औँ महाधिवेशन समयमै सम्पन्न गर्नुपर्नेमा वरिष्ठ नेता पौडेलको जोड

२०७८,श्रावण,८,शुक्रवार २०:४८


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

भदौं १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको बैधानिकता खारेजतर्फ सचेत गराउँदै उहाँले त्यसमा कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्धारा लिखित कविता संग्रह ‘मृत्यसँगको साक्षात्कार’को बिमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रैै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सारे । पार्टीको बैधानिकतालाई जोगाउन यसो गरेर अघि बढनु बाध्यकारी अवस्था रहेको वरिष्ठ नेता पौैडलको तर्क थियो ।

उनले भने, “हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न तयार छैनौं । पार्टीको बैधानिकतालाई जोगाउनका लागि केन्द्रिय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔं । यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔं । महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनु प¥यो । यसो गरेर भएपनि हाम्रो पार्टीको बैधानिकता बचाउनका लागि कटिवद्ध भएर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्दछु ।”

वरिष्ठ नेता पौडेलले शुक्रवार विहान बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराए । त्यसका लागि केन्द्रिय कार्य समिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उनको प्रस्ताव छ । फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले राजनीति र साहित्यलाई सँगैै अघि बढाएर सफलता प्राप्त गर्न निकै ठूलो साधनाको आवश्यक्ता रहेको पनि बताए ।

प्रकाशित मिति: २०७८,श्रावण,८,शुक्रवार २०:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा अस्थिरता आउन नसक्ने भएकाले त्यसतर्फ

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आइतबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाएका छन् । अध्यक्ष

काठमाडौं । ओखलढुंगामा रहेका ८ वटै पालिकामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको मानेभन्ज्याङमा आइतबार (आज) अबेर सर्वसम्मत

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७