‘नो अब्जेक्सन लेटर’ कीर्ते गरेर युक्रेन उड्न लागेका राजवंशी पक्राउ

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली कागजपत्र बनाएर विदेश जान खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा जिल्ला भद्रपुर–७ घर भई हाल काठमाडौँ बस्ने २४ बर्षीय सुमन राजबंशी रहेका छन्। सीआईबीद्वारा खटिएको प्रहरी टोलीले राजवंशीलाई सिनामंगलबाट पक्राउ गरेको हो ।

सीआईबी कार्यालयका एसपी श्याम कुमार महतोका अनुसार पक्राउ परेका राजवंशीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै ब्यक्तिको नाममा जारी भएको ‘नो अब्जेक्सन लेटर’ कीर्ते गरेर आफ्नो नाममा बनाई युक्रेन जान लागेका थिए।

पक्राउ परेका राजबंशीलाई आवश्यक थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाएको सीआईबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?