आफ्नै साथीको हत्या गर्ने सैनिक जवान पक्राउ

लोकपथ
559
Shares

चितवन । चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका–२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत जवान ढकालले पैसाका लागि सोही गणमा कार्यरत हवल्दार भरत गुरुङको हत्या गरेको चितवन प्रहरीको अनुसन्धानबाट खुलेको हो । फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देखिएको थियो।

चितवनका एसपी ओम अधिकारीका अनुसार ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्।

ढकाललाई घटना भएकै दिन अपराह्न ४ बजे पश्चिम चितवनको चनौलीबाट पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?