अध्यादेश टुंगो नलागेसम्म मन्त्रालयको कामले गति लिन सक्दैन : अर्थमन्त्री शर्मा

लोकपथ
247
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेबुल गरिएको अध्यादेश टुंगो नलगाइ अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट बताएका छन् ।

अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश संसदबाट टुंगो लगाएर मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताए ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “संसदमा मैले अध्यादेश टेवुल गरिसकेको छु । संसदले एक ढंगले त्यो टुंगो लगाउँला । त्यो टुंगिएपछि मात्र अर्थ मन्त्रालय प्रभावकारी रुपमा अघि बढन सक्ने अवस्था आउनेछ ।”

व्यवसायहरु धरासायी अवस्थामा रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसका जटिलताहरुलाई हटाएर अघि बढनुपर्ने अवस्था रहेको बताए ।

उनले वित्तिय तथा आर्थिक अनुशासनको संकट हल गर्नुपर्ने, नीति निर्माणको तहमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने चुनौती आफूमाझ रहेको पनि स्पष्ट पारे । अर्थमन्त्री शर्माले बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि आफू सचेत रहेको बताए ।

अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रको यथार्थता चित्रण आम नेपाली जनतालाई जानकारी गराउने पनि दोह¥याए । उनले मन्त्रालय जनतालाई सहजीकरण गर्ने निकायजस्तो नभएकोमा असन्तुष्टि व्यक्त गर्दै त्यसलाई पुर्नसंरचना गरेर अघि बढने योजना पनि सार्वजनिक गरे ।

अर्थमन्त्री शर्माले भने, “मन्त्रालय भनेको जनतालाई सहजीकरण गर्ने निकाय जस्तो हुनुपर्नेमा आफ्नै संरचनाहरुमा जेलिएको अवस्थामा छ । यस्तो अवस्थामा मन्त्रालय भित्रै पुर्नसंरचना गरेर अघि बढनुपर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?